कञ्चनपुरबाट लागुऔषध सहित एक जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरबाट ४९२ ग्राम लागुऔषध सहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको दोधारा–चाँदनी नगरपालिका–१ गौरीशङ्कर सामुदायिक वन स्थित नेपाल भारत सिमानामा रहेको ८०२ नं. पिल्लर नजिकबाट ४९२ ग्राम लागुऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित बाँके नेपालगञ्ज उप–महानगरपालिका–२० बस्ने ३९ वर्षीय बिर्ख रोकाया पक्राउ परेका प्रहरीले जनाएको छ । रोकयालाइ इलाका प्रहरी कार्यालय दोधारा चाँदनी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...