प्राध्यापक संघ ऐश्वर्य बहुमुखी क्याम्पसको सभापतिमा सह प्रा.नारायण अवस्थी

अत्तरिया- ऐश्वर्य बहुमुखी क्याम्पसका प्राध्यापकहरुको साझा संगठन पब्लिक क्याम्पस प्राध्यापक संघ (PUCTA) को सातौं अधिवेशनबाट सह प्रा. नारायण अवस्थीको अध्यक्षतामा नयाँ इकाई कार्यसमिति सर्वसम्मत रुपमा छनौट गरेको छ । 

⁠उपसभापति सह प्रा.ओम प्रकाश पाण्डेय, सचिब उप प्रा.गोविन्द राज उपाध्याय, ⁠कोषाध्यक्ष उप प्रा. चेतराज भट्ट, ⁠उपसचिव उप प्रा.देवराज ओझा रहनु भएको छ । कार्यसमिति सदस्यहरूमा सह प्रा.पुष्पराज पाण्डेय, सह प्रा.चन्दा पाठक, उप प्रा. कौशिल्या सापकोटा, उप प्रा.मुकेश चन्द, उप प्रा.हरि प्रसाद भट्ट  र उप प्रा.आनन्द प्रकाश जोशी रहेका छन् ।

निवर्तमान सभापती खेमराज पन्तको अध्यक्षतामा संचालित कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष नृप ब. वड प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रमको उद्‌घाटन सत्रमा  प्रमुख अतिथि लगायत विशिष्ट अतिथिद्वय क्याम्पस प्रमुख धर्मदेव भट्ट तथा ऐश्वर्य विद्या निकेतनका नि. प्राचार्य सञ्जय कुमार पन्तले अधिवेशनको सफलताको शुभकामना दिनुभएको थियो । PUCTA का केन्द्रिय सदस्य एवं सह प्राध्यापक रघुविर भट्टले स्वागत मन्तव्य दिँदै प्राध्यापक संघको काम, कर्तव्य, अधिकार र क्याम्पसको विकास यसको भूमिकाको बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रमको संचालन प्राध्यापक संघका सचिव सह प्रा. ओम प्रकाश पाण्डेयले गर्नु भएको थियो ।

Loading...