धनगढीको एक होटलबाट युवतीसहित चार जना खैरो हेरोईनसहित पक्राउ

धनगढी । धनगढीको एक होटलबाट खैरो हेरोईनसहित युवतीसहित चार जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको एन एस होटलमा लागुऔषधको कारोबार भईरहेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका–८ बस्ने २० वर्षीय सुरेश बिष्ट, भीमदत्त नगरपालिका–१० बस्ने २३ वर्षीय लोकेन्द्र चन्द, डोटीको दिपायल सिलगढी नगरपालिका–८ बस्ने १९ वर्षीय रिजन कठायत र धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने १८ वर्षीया आशिका सिजापती रहेका छन्।

Navadurga sun
Godawari sandesh

उनीहरुको साथबाट ३ ग्राम ७६० मिलिग्राम लागुऔषध ९खैरो हेरोईन० बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समुह र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो। चारै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Couple
Loading...