एमाले अछामको अधिवेशन वैशाखमा

अछाम। विशेष परिस्थिति भनेर धकेलिँदै आएको नेकपा (एमाले) अछामको जिल्ला अधिवेशन आउँदो वैशाखमा गरिने भएको छ । सो पार्टीको पाँचौँ जिल्ला सचिवालय बैठकले नवौँ जिल्ला अधिवेशन आउँदो वैशाख १३ देखि १५ गतेसम्म गर्ने निर्णय गरेको उपसचिव डम्बर बिसीले जानकारी दिए ।

Ganyapdhura gau

अधिवेशनका प्रतिनिधि सबै भूगोल र क्षेत्रको छनोट वैशाख ६ गते एकै दिन गरिने भएको बताइएको छ । प्रत्येक क्षेत्र (क्लस्टर) बाट छनोट गरिने जम्मा प्रतिनिधिको एक तिहाइ महिला अनिवार्य गरिएको छ ।

Navadurga sun
Godawari sandesh

जिल्ला अधिवेशनका लागि चार सयभन्दा बढी प्रतिनिधि छनोट हुने बिसीको भनाइ छ । प्रतिनिधि छनोटमा खुलातर्फ ३० जना सङ्गठित सदस्यता बराबर एक जना प्रतिनिधि चयन हुने छ । दलिततर्फ २० जना बराबर एक जना र जनजातितर्फ सात जना बराबर एक जना प्रतिनिधि छनोट गरिने भएको छ ।

Dadeldhura hospital

आयोजकबाट १२४, सल्लाहकार परिषद्बाट १५ र जनसङ्गठनबाट ४५ जना स्वतः प्रतिनिधि छनोट गरिने भएको बताइएको छ । जिल्ला अधिवेशनका लागि बैठकले विभिन्न १३ वटा उपसमितिसमेत गठन गरेको जिल्ला उपसचिव डम्बर बिसीले जानकारी दिए ।

जिल्ला अध्यक्ष चन्द्र बोहोराको संयोजकत्वमा राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन लेखन, सचिव भीमबहादुर रावलको संयोजकत्वमा आर्थिक व्यवस्थापन, उपसचिव डम्बर बिसीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

यस्तै सचिवालय बैठकले नै लीलाराज केसीको संयोजकत्वमा अतिथि सत्कार तथा स्वागत, मानबहादुर बोगटीको संयोजकत्वमा मञ्च तथा जुलुस व्यवस्थापन, टोपबहादुर शाहीको संयोजकत्वमा स्वयंसेवक, पुष्पराज भट्टको संयोजकत्वमा प्रचारप्रसार, सिद्धप्रसाद ढुङ्गानाको संयोजकत्वमा स्वास्थ्य, भीम रानाको संयोजकत्वमा खाद्य तथा आवास, झङ्करप्रसाद भाटको संयोजकत्वमा यातायात व्यवस्थापन र हर्क विरही विकको संयोजकत्वमा सांस्कृतिक उपसमिति गठन गरिएको छ ।

एमाले अछामका जिल्ला अध्यक्ष चन्द्र बोहोराको अध्यक्षतामा भएको सचिवालय बैठकमा एमालेका केन्द्रीय सदस्य यज्ञ बोगटी, कमलराज तिमिल्सैना, सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैसीलगायतका नेताको विशेष उपस्थिति रहेको बताइएको छ । गोरखापत्रबाट

Couple
Loading...