कैलालीमा बजेट अभावले अस्पताल सञ्चालनमा ढिलाइ

धनगढी- कैलालीमा बजेट अभावले अस्पताल सञ्चालनमा ढिलाइ भएको छ । जिल्लाको कैलारी गाउँपालिका–५ बैजपुरमा १५ शय्याको अस्पताल सञ्चालनमा आउन ढिलाइ भएको हो । 

अस्पतालको सम्पूर्ण भौतिक संरचना निर्माणकार्य सम्पन्न भए पनि बजेट अभावमा सञ्चालनमा आउन नसकेको हो । विक्रम संम्मबद २०८१ असार मसान्तसम्म निर्माण सक्नेगरी २०७९ असार २९ मा रोयल कन्स्ट्रक्सन जेभीसँग १८ करोड ५२ लाखमा ठेक्का सम्झौता भएको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

तोकिएको समयसीमा सकिए पनि म्याद थप गरी चालु आर्थिक वर्षको फागुन पहिलो साता सो अस्पतालको भौतिक संरचनाको निर्माण सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताए । उनले अस्पताल भवन निर्माण सम्पन्न भए पनि ठेकेदार कम्पनीलाई भुक्तानी दिन नसक्दा भवन हस्तान्तरण हुननसकेको र अस्पताल सञ्चालनका लागि आवश्यक बजेट नहुँदा जनशक्ति व्यवस्थापनलगायत काम अघि बढ्न नसकेको बताए ।

Dadeldhura hospital

ठेकेदार कम्पनीलाई तीन करोड चार लाख दिन बाँकी रहेको गाउँपालिकाका स्वास्थ्य प्रमुख नरेश चौधरीले बताए । उनले अस्पताल चाँडै सञ्चालन गर्न ठेकेदार कम्पनीलाई दिनुपर्ने बाँकी रकम, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयमा पत्राचार गरी बजेट माग गरिएको बताए ।

उनले ठेकेदार कम्पनीलाई दिनुपर्ने बाँकी रकम भुक्तानी भएपछि भवन हस्तान्तरण भएर अस्पताल सञ्चालनको प्रक्रिया पालिकाले अगाडि बढाउने बताए । अस्पताल सञ्चालनका लागि बजेट अभाव भएकाले सङ्घीय सरकारले आवश्यक बजेट व्यवस्थापन गर्नुपर्नेमा प्रमुख चौधरीले जोड दिए  ।

पाँच वर्षअघि प्रत्येक स्थानीय तहमा अस्पताल हुनुपर्ने सङ्घीय सरकारको नीतिअनुसार यहाँ १५ शय्याको अस्पताल निर्माण थालिएको हो । आवश्यक जनशक्ति व्यवस्थापनसँगै बजेटको सुनिश्चितता भएमा चाँडै अस्पताल सञ्चालनमा ल्याउन सकिने प्रमुख चौधरको भनाइ छ ।

सो पालिकामा अस्पताल सञ्चालन भएपछि कैलारी गाउँपालिकाको दक्षिणी क्षेत्रका जनतालाई स्वास्थ्योपचारमा राहत मिल्ने अपेक्षा गरिएको छ । अस्पताल नहुँदा यहाँका नागरिक सामान्य उपचारका लागि धनगढी, नेपालगन्ज तथा भारतसम्म पुग्ने गरेका छन् ।

विसं २०७७ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर पाँच, १० र १५ शय्यासम्मका अस्पताल स्थानीय तहमा बनाउने योजना सार्वजनिक गरेको थियो । प्रदेशस्तरका जिल्ला अस्पताललाई २५ देखि ५० शय्यासम्मका बनाइने उल्लेख थियो । रासस

Loading...