

धनगढी- धनगढीकाे ऐश्वर्य बहुमुखी क्याम्पसमा फर्जी भाेट हाल्न मतदान केन्द्रमा पुगेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डाेटीकाे शिखर नगरपालिका-४ बस्ने २५ वर्षीय भाेजराज भट्ट रहेकाे कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बाेहराले जानकारी दिए ।




उनका अनुसार उनी कैलाली बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थी भएको खुलेका छ । फर्जी मत हाल्न मतदान केन्द्रमा पुगेपनि मत खसाल्न नपाउँदै उनलाई पक्राउ गरिएको डीएसपी बोहराले बताए । उनी पक्राउ परेपछि एमाले निकट अनेरास्ववियुले स्ववियु निर्वाचनमा फर्जी मतदान गरेर धाँधली गरेको आरोप लगाएको छ ।


निर्वाचन केन्द्रमा खटिएका नेपाली कांग्रेस निकट प्राध्यापकहरूले चुनावमा नेविसंघका उम्मेदवार जिताउन फर्जी मतदान गराउन भूमिका खेलेको भन्दै छानबिनकाे माग गरिएको छ ।

