दार्चुलाका बाढी पीडितको उद्धार तथा राहतका लागि हेलिकप्टर जादैँ

धनगढी, १४ भदाै– दार्चुलाका बाढी पीडितको उद्धार तथा राहतका लागि हेलिकप्टर जाने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशको समन्वयमा सरकारले दार्चुलाको प्रभावित क्षेत्रका लागि राहत सामग्री सहित हेलिकप्टर जाने भएको हो ।विस्थापित तथा पीडित परिवारका लागि राहत सामग्री सहित हेलिकप्टर पठाउन लागिएको आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिएन ।

Dadeldhura hospital

आईतबार राति दार्चुलाका विभिन्न भेगमा आएको बाढी र पहिरोका कारण तीनको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । बाढीपहिरोले दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा भौतिक तथा मानवीय क्षति गरेको हो । पहिरोले घर पुरिँदा दुहुँ गाउँपालिका–१ बासपालिकामा नरसिंह महर र उनकी श्रीमती कौशा महरको मृत्यु भएको छ ।

Navadurga sun
Godawari sandesh

राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिरोले उनीहरूको पुरिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताए । यस्तै दुहुँ गाउँपालिका–५ दुल्लामा बाढीले मनुवा डडालको पनि मृत्यु भएको छ । कालागाड खोलामा बेलुकी १० बजेदेखि आएको बाढीले डडाललाई घरैसहित बगाएको हो । त्यस्तै वडा नं ३ निजाङगाडमा बाढीले दुई जना बेपत्ता छन् ।निजाङगाड खोलाको बाढीले स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की बेपत्ता भएको स्थानीय दिलीपसिंह कार्कीले जानकारी दिए ।

Loading...