अत्तरियामा नेकपा (माओबादी केन्द्र) को भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

जिल्ला सदस्य कुबरको संयोजकत्वमा ६५ सदस्यिय आयोजक कमिटि गठन

अत्तरिया, १० भदौ- अत्तरियामा नेकपा माओबादी केन्द्रको भेला तथा प्रशिक्षण कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । नेकपा माओबादी केन्द्र गोदावरी नगर किमिटीको आयोजनामा उक्त भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

नेकपा माओबादी केन्द्र गोदावरी नगरकमिटि अध्यक्ष मदन कठायतको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य एबम् सुदूरपश्चिम प्रदेश सांसद विरभान चौधरी प्रमुख अतिथी रहेको थिए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

कार्यक्रममा माओबादीका जिल्ला अध्यक्ष लालबहादुर सोडारी, प्रदेश कमिटी सदस्य बलबहादुर महता, जिल्ला सदस्य धर्म सिंह कुबर, सल्लहार मेघराज भट्ट लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै अकसर सबै बक्ताहरुले माओवादी केन्द्र पाटी कसैको पेवा नभएकाले कोही बाटो बिराएर अलग भएपनि पाटीलाई कुनै असर नपर्ने बताएका छन् ।

कार्यक्रममा सहभागीहरुलाई देखाउदै उनीहरुले अहिले त टे्रलर मात्रै देखिएको छ फिल्म भने पुरा आउन बाँकी नै रहेको बताएका थिए । यस निर्वाचन क्षेत्रमा माओवादी हराउँछु भन्नेहरुलाई अंकित गर्दै कोही यताउता जादैमा माओवादी हराउनु भन्दा झन शसक्त भएका अघि बढ्ने बताएका छन् । उनीहरुले गोदावरी नगरपालिकासंगै सम्पूणर् सुदूरपश्चिमलाई माओवादीमय बनाउन सबै एक जुट भएर लाग्नुपर्ने बताएका छन्।

कार्यक्रम मार्फत बिभिन्न एजेण्डाहरु पास गरिएको छ । जसमा जिल्ला सदस्य धर्म सिंह कुबरको संयोजकत्वमा ६५ सदस्यि नगर सम्मेलन आयोजक कमिटि समेत गठन गरिएको छ । अब गोदावरी नगरपालिका भित्रका टोल टोलमा गएर टोल समिति गठन गर्ने, वडा सम्मेलन हुन बाँकी रहेका वडाहरुमा वडा सम्मेलन गर्ने, सदस्यता नविकरण तथा वितरण गर्ने कार्यहरुलाई तदरुकताका साथ अगाडी बढाउने अगामी कार्ययोजना रहेको नगरकमिटि अध्यक्ष मदन कठायतले बताए ।

कार्यक्रम सम्पन्न पछि सहभागी सम्पूणर्ले एकै स्वारमा माओवादी केन्द्र जिन्दावाद भन्दै नारा लगाएका थिए । कार्यक्रममा माओबादीका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

Loading...