नवनिर्वाचित पत्रकार महासघं कैलालीको टिमलाई प्रमाणपत्र वितरण

धनगढी- नवनिर्वाचित पत्रकार महासघं कैलालीको कार्यसमितिलाई प्रमाणपत्र वितरण गरिएको छ । आज पत्रकार महासघं कैलालीको सभाहलमा एक कार्यक्रमका बिच निर्वाचन समितिका संयोजक जगत साउँदले नवनिर्वाचित पत्रकार महासघं कैलालीका अध्यक्ष श्रवण देउवा सहित कार्यसमितिलाई प्रमाणपत्र वितरण गरेका हुन् । कार्य समिति सँगै केन्द्रिय परिषद सदस्य र प्रदेश परिषद सदस्यहरुलाई समेत प्रमाणपत्र वितरण गरिएको हो ।

Dadeldhura hospital

प्रमाणपत्र वितरण गर्दै निर्वाचन समिति संयोजक साउँदले निश्पक्ष पत्रकारितामा नयाँ कार्यसमितिले जोड दिनुपर्ने बताए । पत्रकार आचार सहिंता अनुसार सबैलाई काम गर्न आग्रह गर्दै नयाँ कार्य समितिलाई उनले सफलताको शुभकामना व्यक्त गरेका हुन् ।

Navadurga sun
Godawari sandesh

मंसिर २८ गते सम्पन्न निर्वाचनबाट पत्रकार महासघं कैलालीको अध्यक्षमा श्रवण देउवा, उपाध्यक्षमा बिराज रोश्यारा, महिला उपाध्यक्षमा भावना जोशी, सचिवमा तेजराज भट्ट, सह सचिव खुलामा शकंर बोहरा तथा समावेशी सह सचिवमा निराजन परियार र कोषाध्यक्षमा सुनिल आउजी निर्वाचित भएका थिए ।

खुला सदस्यमा बालकृष्ण ओझा, कैलाश जोशी, दिनेश बिष्ट, गगन अयडी, रतनलाल चौधरी, वीरेन्द्र शाह, लोकु सिंह ठकुरी र चन्द्र प्रसाद खनाल विजयी भएका थिए । यस्तै महिला सदस्यमा अनिता चौधरी दलित सदस्यमा विवेक कुमार नागरी, आदिवासी जनजाति सदस्यमा सुधराम दहित, अन्य समावेशी सदस्यमा जगत जैगडी र सदस्य टेकसिंह धामी निर्वाचित भएका थिए ।

Loading...