पत्रकार महासंघ बैतडीमा अध्यक्ष र काेषाध्यक्ष बाहेक सबै निर्विरोध निर्वाचित

बैतडी- नेपाल पत्रकार महासंघ बैतडी शाखामा अध्यक्ष र काेषाध्यक्ष बाहेकका अन्य सबै पदमा निर्विरोध निर्वाचित भएका छन् ।

निर्विराेध हुनेहरूमा खुला उपाध्यक्षमा लक्ष्मण बिसि, महिला उपाध्यक्षमा रतना कलाैनी, सचिवमा विनाेद विष्ट, सहसचिवमा केशवराज भट्ट, समावेशी सहसचिवमा मंगेश दयाल हुनु भएकाे हाे ।

Navadurga sun

यस्तै शाखाका सदस्यहरूमा गाैरव चन्द, सरस्वती मडै, डम्बर बाेहरा, विरेन्द्र विष्ट, मदनराज भट्ट, राधिका भट्ट, प्रताप दमाई र विमला भट्ट पनि निर्विरोध चयन हुनुभएको छ ।

यसका साथै केन्द्रीय परिषद् सदस्यमा लक्ष्मीदत्त पाण्डेय, अमर भट्टराई र प्रदेश परिषद् सदस्यमा भगिरथ अवस्थी, डीआर भट्ट, सिपि लाेहिया र बशन्त प्रकाश भट्ट निर्विरोध हुनु भएकाे छ ।

यसैबीच शाखाका अध्यक्षका लागि लाेकेश साउद र नरी बडूकाे उम्मेदवारी परेकाे छ । काेषाध्यक्षमा करूणाकर भट्ट,कृष्ण विष्ट र सुरेश अवस्थीले उम्मेदवारी दर्ता गराउनु भएकाे छ ।

केन्द्रीय समितिको निर्वाचन कार्यतालिका अनुसार बैतडीमा पनि आज मनाेनयन दर्ता गर्ने कार्यतालिका रहेकाे निर्वाचन समिति सदस्य दिपेन्द्रबहादुर चन्दले जानकारी दिनुभयाे । महासंघकाे निर्वाचन अन्तरगत मंसिर २८ गते मतदान हुनेछ।

ADD Khali jpg
ADD Khali jpg
Loading...