गौरीफन्टा नाकामा एक पुरुषको मृत्यु

Dadeldhura hospital

अत्तरिया, १ भदौ- गौरीफन्टा नाकामा एक व्यक्तिको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमील्लाका ५२ वर्षीय खडकबहादुर शाहको मुत्यु भएको हो।

भारतको खटीमाबाट उपचार गरेर आएको बताएका उनको नाकामै मृत्यु भएको प्रहरीले जनाएको छ। गौरीफन्टा पुगेर चौतारीमा पल्टिरहेका उनले आफुलाई अस्पताल लग्न आग्रह गरेका थिए। त्यसपछि डोकेबजार प्रहरीले सेती प्रादेशिक अस्पतालमा खबर गरेर एम्बुलेन्स मगाएको थियो।

Loading...