सुदूरपश्चिम प्रदेशको उपनिर्वाचनबारे प्रदेश प्रमुखको चासो

कैलाली- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेशको उपनिर्वाचनबारे चासो राखेका छन् । आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गर्न प्रदेश प्रमुख कार्यालय पुगेका प्रदेश निर्वाचन कार्यालय धनगढीका निर्वाचन अधिकारी प्रेमराज भट्टसँग प्रदेश प्रमुख मियाँले उपनिर्वाचनबारे जानकारी लिएका हुन् ।

उनले उपनिर्वाचन हुने क्षेत्रमा शान्तिपूर्ण ढंगले मतदान गर्ने व्यवस्था गर्न सम्बन्धित सबै निकायलाई भनेका गरेका थिए भने मतदाताहरूलाई निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका थिए ।

Navadurga sun

नेपालको संविधानको धारा २९४ को उपधार ३ बमोजिम प्रदेश निर्वाचन अधिकारी भट्टले प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन पेश गरेका थिए । त्यस क्रममा उनले सुदूरपश्चिम प्रदेशका ६ स्थानमा उपनिर्वाचन हुन लागेको र त्यसको लागि निर्वाचन आयोग पूर्ण तयार रहेको जानकारी प्रदेश प्रमुख मियाँलाई गराए ।

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष, डोटीको पुर्वीचौकी–६, दार्चुलाको दुहुँ गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा पनि वडाध्यक्ष पदको लागि मङ्सिर १६ गते उपनिर्वाचन हुँदै छ ।

जिल्ला समन्वय समिति कैलाली प्रमुखमा दुई जनाको उम्मेदवारी परेको र एक जनाले फिर्ता लिएको समेत उनले बताए। आयोगको प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख मियाँले उपनिर्वाचनमा मतदान गर्ने अधिकार बाट कोही पनि वञ्चित नहुने अवस्था सृजना गर्नु पर्ने बताएका थिए । उनले प्रतिवेदनमा उठान भएका विषयहरू पनि प्रदेश सभामा छलफल हुने बताए ।

प्रतिवेदन कार्यान्वयनका लागि मुख्यमन्त्रीमार्फत प्रदेश सभामा पठाइने बताउँदै प्रदेश प्रमुखले प्रतिवेदनमा औँल्याइएका विषय बस्तुलाई कार्यान्वयनमा लैजान सबैले भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिएका थिए ।

प्रतिवेदन पेश गर्ने कार्यक्रममा प्रदेश निर्वाचन कार्यालय धनगढीका निर्वाचन अधिकारी प्रेमराज भट्टसहितका कर्मचारी उपस्थित थिए भने प्रदेश प्रमुख कार्यालयको तर्फबाट कार्यालय सचिव नवराज ढुङ्गाना, प्रदेश प्रमुख ज्यूका प्रमुख स्वकीय सचिव साबिर अली लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...