अफगानिस्तानमा रहेका नेपालीलाई छिटोभन्दा छिटो उद्धार गर्ने सरकारको निर्णय

Dadeldhura hospital

काठमाडौँ, ३२ साउन- सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूको सक्दो छिटो उद्धार गर्ने निर्णय गरेको छ । आज (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि अफानिस्तानमा नेपालीहरु संकटपूर्ण अवस्था रहेको भन्दै विभिन्न स्तरबाट सरकारको ध्यानाकर्षण भएको थियो । आजको मन्त्रिपरिषद बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर रहेको सन्देश दिँदै छिटोभन्दा छिटो त्यहाँबाट नेपाली नागरिकको उद्धार गर्ने निर्णय गरेको हो । बैठकले यसका लागि सम्बन्धित निकायलाई निर्देशन समेत दिएको छ ।

Loading...