राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताकार्यकर्ताहरूले पोखरामा निषेधित क्षेत्र तोडेका छन् ।
बिहिबार कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएपछि रास्वपाका नेताकार्यकर्ताहरू निषेधित क्षेत्र तोडेर प्रदर्शनमा उत्रिएका हुन् ।

निषेधित क्षेत्र तोडेपछि प्रहरीले दुई सेल अश्रुग्यास प्रहार गरेको छ । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले अनुसन्धानका लागि थप सात दिनको समय दिएको छ ।
