


अत्तरिया- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कैलालीको धनगढी र अत्तरियामा मोटरसाइकल र्याली निकालेको छ । रास्वपा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि विरोध जनाउँदै रास्वपाले अत्तरिया देखि धनगढी सम्म मोटरसाइकल र्याली निकालेको रास्वपा गोदावरीका नगर सभापती दिपक ओझाले जानकारी दिए ।



त्यस्तै धनगढीको क्याम्पस चोक देखि चौराह सम्मपनि र्याली निकालेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सुदूरपश्चिम प्रदेश सदस्य झनक खनालले जानकारी दिए । र्यालीमा सहभागीहरूले सरकार विरुद्ध नाराबाजी समेतगरेका छन् ।


राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यबद्धताका लागि मोटरसाइकल र्याली निकालिएको रास्वपाले जनाएको छ। अत्तरियाबाट निकालिएको र्याली धनगढी चोकमा पुगेर समापन भएको थियो ।
शुक्रवार सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा रास्वपाका सभापति लामिछाने पक्राउ परेका थिए । उनी पक्राउ परेपछि अहिले देश भरी विरोधका कार्यक्रम भइरहेका छन् ।





