कैलारीमा रहेको घुरहा नदीमाथीको पुलमा दुर्घटनाको जोखिम

धनगढी- कैलालीको कैलारी गाउँपालिकास्थित घुरहा नदीमा रहेको पुलमा दुर्घटनाको जोखिम बढेको छ । पुलको पूर्वतर्फको पहुँचमार्ग नदीले कटान गरेपछि दुर्घटनाको जोखिम बढेको हो ।

सो पुलले कैलारी गाउँपालिका–४ को केगाउँ खल्ला र वडा ४ को भगतपुर गाउँलाई जोडेको छ । पहुँचमार्ग कटानका कारण ठुला सवारी साधन ओहोरदोहोर हुन नसकेको सो पुलमा मोटरसाइकल दुर्घटनाको जोखिम रहेको कुसुम चौधरीले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

“यो बाटो भएर हिड्दा सावधानीपूर्वक सवारी साधन चलाउन आवश्यक छ” उनले भने, “पुलको अवस्थाबारे थाहा नभएका र तीव्र गतिमा सवारीसाधन चलाउनेका लागि पुल धराप जस्तै छ ।” नदीले पुलको पहुँचमार्ग कटान गरेपछि फलामको साँघु बनाएर साइकल, मोटरसाइकल ओहोरदोहोर गराउने गरिएको छ ।

नदीले पूर्वतिर धार परिवर्तन गरेपछि कटान भई जोखिम निम्तिएको जनाइएको छ । कटान नियन्त्रणका लागि ठुलो लगानीको तटबन्ध आवश्यक पर्ने कैलारी गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताए ।

उनले गाउँपालिकाको बजेटले कटान नियन्त्रण सम्भव नरहेको उल्लेख गर्दै थपे, “हामीले प्रदेश सरकारलाई आग्रह गरेका थियौं । तर, सुनुवाइ भएन ।” सो पुलको पूर्वतर्फको पहुँचमार्गको जमिन कटान हुन थालेपछि विगतमा टालटुल पार्ने काम गरिएको थियो । तर, यसवर्ष आएको बाढीले बढी कटान गरेका कारण साँघु बनाएर ओहोरदोहोर गर्ने गरिएको छ ।

Loading...