थारू राष्ट्रिय मुक्ति मोर्चा कैलालीको अध्यक्षमा चौधरी निर्विरोध निर्वाचित

अत्तरिया- नेकपा माओवादी केन्द्र निकट थारू राष्ट्रिय मुक्ति मोर्चाको कैलाली जिल्ला अध्यक्षमा तिलक चौधरी निर्विरोध निर्वाचित भएका छन् । बुधबार सम्पन्न मोर्चाको दोस्रो जिल्ला सम्मेलनबाट अध्यक्षमा चौधरी निर्विरोध निर्वाचित भएका हुन् ।

Dadeldhura hospital

उपाध्यक्षमा क्रमशः टीकाराम चौधरी, लक्ष्मी चौधरी, बावुराम चौधरी, सन्तलाल कठरिया र असोक चौधरी निर्वाचित भएका छन् । त्यस्तै सचिवमा राम बहादुर चौधरी निर्विरोध भएका छन् ।

Godawari sandesh
Navadurga sun

सह–सचिवमा क्रमशः कृति चौधरी, राज कुमार चौधरी, विमान चौधरी, विनोद चौधरी, सन्तु चौधरी र अदल चौधरी निर्विरोध निर्वाचित भएको जनाइएको छ ।

त्यस्तै कोषाध्यक्षमा रविन चौधरी निर्वाचित भएको मोर्चाले जनाएको छ । सम्मेलनबाट ५५ सदस्यीय जिल्ला समिति निर्विरोध निर्वाचित भएको जनाइएको छ ।

Loading...