


अत्तरिया- कैलालीमा लागूऔषध सहित ६ जना पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानीबाट लम्कीचुहा नगरपालिका–२ मोतिपुर बस्ने १९ वर्षीय पुरन साउँद सहित ६ जनालाई लागूऔषध सहित बुधवार पक्राउ गरेको हो ।



उनीहरूको साथबाट तरमाडोल लेखिएको दुई पत्तामा रहेको १९ क्याप्सुल र फेनारगन अभिल ५ लेखिएको दुई पत्तामा रहेको १९ ट्याब्लेटसहित फेला नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


साथै उनीहरूले प्रयोग गरेको मोटरसाइकल १ थान र एक थान स्कुटर समेत नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।





