डेंगुले दुईजनाको मृत्यु

झापा । कोशी प्रदेशमा डेंगुबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन्। सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ।

स्वास्थ्य कार्यालयका डे‌गु फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेङ्गुबाट मृत्यु हुनेमा हल्दिबारी-३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड-४ का आठ वर्षीय आलोकजंग बस्नेत रहेका छन्। झापामा साउन १ गतेयता सङ्क्रमितको सङ्ख्या एक सय २८ पुगिसकेको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कोशी प्रदेशमा यस अवधिमा सबैभन्दा बढी मोरङमा सङ्क्रमितको सङ्ख्या ५३२ पुगेको छ। त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेंगुका सङ्क्रमित धेरै पाइएको छ। ताप्लेजुङमा भने डेंगुको एकजना पनि सङ्क्रमित पाइएको छैन।

स्वास्थ्य निर्देशनालय धनकुटाका फोकल पर्सन सुरक्षा खत्रीका अनुसार धनकुटामा ८० र सुनसरीमा ७० जनामा डेंगुको सङ्क्रमण भएको छ। यसैगरी, उदयपुरमा ६९ जना, भोजपुरमा ६८, सङ्खुवासभामा ६७, ओखलढुङ्गामा २९, पाँचथरमा २१, सोलुखुम्बुमा ६, इलाममा पाँच, खोटाङमा चारजना र तेह्रथुममा दुईजनामा डेंगु सङ्क्रमण भएको पाइएको छ।

गत वैशाखदेखि नै कोशी प्रदेशका अधिकांश जिल्लामा सङ्क्रमण फैलिन थालेको थियो। वैशाखदेखि असारसम्म कोशीमा ३८६ जनामा डेंगु सङ्क्रमण भइसकेको थियो।

झापामा साउन १ गतेयता सबैभन्दा धेरै विर्तामोडमा ८१ जनामा डेंगुको सङ्क्रमण भेटिएको छ। त्यसपछि दमकमा २२ जनामा सङ्क्रमण पुष्टि भयो भने हल्दिबारीमा सातजना र भद्रपुरमा पाँचजनामा डेंगुको सङ्क्रमण पाइएको छ।

Loading...