निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रुपमा अनुसन्धान हुन्छ : गृहमन्त्री

कञ्चनपुर- गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रुपमा अनुसन्धान हुने बताएका छन्। बिहिबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको बताए ।


“यो प्रकरण मैले गमभीरताका साथ लिएको छु यो घटनाको सूक्ष्म ढंगले अनुसन्धान हुन्छ।” उनले भने।​ त्यसैगरि पत्रकार सम्मेलनमा उनले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाकाका रुपमा विकास गर्ने बताए। “कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ।” उनले भने–“निकट भविष्यमा नै दार्चुलाको तिंङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा निर्णय भएको छ यसले चीनसँग जोड्छ।”

Navadurga sun

उनले दोधारा चाँदनी सुख्खा बन्दरगाह निमार्ण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताए। “दुईतिन महिनाभित्रै सुख्खा बन्दरगाह निमार्णका लागि भारतले टेन्डर आह्वान गर्छ।” गृहमन्त्री लेखकले भने–“छिट्टै सुख्खा बन्दरगाहको काम अघि बढ्ने छ।”

पत्रकार सम्मेलनमा उनले संसदमा भएका दुई ठूला दलबीच सहमति भएर नयाँ राजनीतिक समीकरण बनेकोले बताउँदै सहमति कार्यान्वयनमा शंका नगर्न आग्रह गरे। तीन दिने भ्रमणमा गृहजिल्ला पुगेका मन्त्री लेखकले कञ्चनपुरमा दुई प्रहरीका भवन उद्घाटन गरे। उनले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरे।

ADD Khali jpg
ADD Khali jpg
Loading...