लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट बर्दगोरिया गाउँपालिका–२ बस्ने २७ वर्षीय जोशन चौधरी पक्राउ परेका हुन्।

चौधरीले चलाएको से ६ प ७४६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा ३ सय ७० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) फेला पारि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...