राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम महामन्त्री बाहुन बर्खास्त

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश महामन्त्री पारस बाहुनलाई बर्खास्त गरिएको छ । सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले बाहुनलाई जिम्मेवारीबाट हटाएका हुन् । 

‘पछिल्लो समयमा संगठन र नेतृत्वलाई असहज/असफल बनाउने विविध क्रियाकलाप गर्नुभएको हुँदा सो बारे स्पष्टीकरण सोधिएकोमा उक्त स्पष्टीकरणको जवाफ सन्तोषजनक नभएकोले राष्ट्रिय स्वतन्त्र पार्टीको विधान अनुसार महामन्त्री पदबाट मुक्त गराएको छ, प्रदेश सभापति विष्टद्वारा जारी पत्रमा उल्लेख छ ।

Navadurga sun

०८० मंसिर १३ गते महामन्त्री नियुक्त भएका बाहुनले भदौ १० गते स्पष्टीकरण सोधिएको थियो । बाहुनले स्पष्टीकरणको जवाफमा प्रदेश सभापतिले व्यक्तिगत सम्बन्धलाई लिएर कारबाही गर्न खोजेको बताएका थिए । 

सुदूरपश्चिममा प्रदेश सभापतिको कुरामा विमति राख्नेलाई पेल्ने र हटाउने कार्य हुँदै आएको पनि बाहुनले बताएका छन् । ३ महिना भित्र ९ वटै जिल्लामा सक्रिय जिल्ला संयोजक बनाइ सक्नुपर्ने भए पनि ८ जिल्लामा मात्र संयोजक बनाउन सकिएको र त्यसमा प्रदेश सभापतिको कमजोरी रहेको बाहुनले बताएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...