कलुवापुर बजारको सडकमा ग्रभेल राखेर आवागमन सहज बनाइयो

कञ्चनपुर- थोरै वर्षा हुदा डुवानमा पर्ने शुक्लाफाँटा नगरपालिका ११ को कलुवापुर बजारको सडकमा ग्राभेल राखेर आवागमन सहज बनाईएको छ ।

Dadeldhura hospital

कलुवापुर–बेलौरी राजमार्गको डुवान हुने शुरुको विन्दुमा सवारीका साधन आवागमनम सहयोग पुरयाउने कार्यका लागि ग्राभेल राख्ने कार्य गरिएको हो । नगर उप प्रमुख कल्पना पन्तको अगुवाइमा केही दिन अघि बजार क्षेत्रमा जम्मा भएको पानीको अस्थायी निकास गरीएको थियो ।

Navadurga sun
Godawari sandesh

उहाँकै प्रयासमा सडकमा ग्राभेल हाल्ने कार्य गरिएको छ । बजार क्षेत्रका बासिन्दालाई सडक क्षेत्रको आवागमनलाई सहज बनाउन निर्माण व्यवसायीको सहयोगमा ग्राभे ग्राभेल कार्य गरिएको नगर प्रमुख पन्तले बताउनु भयो ।

बजार क्षेत्रकै पूर्व पश्चिम राजमार्गको उत्तर तर्फको बन्द गरिएको पानी निकासको नाली खोल्ने कार्य गरेका छौं उहाँले भन्नुभयो, वर्षा हटेपछि सडक कालोपत्रे गर्ने कार्य संगै सडक अतिक्रमण हटाउ छौं । सडक कालोपत्रेको कार्य संगै वर्षौ देखिको डुवानको समस्या समाधान हुने बताईएको छ ।

Loading...