धनगढी- प्रहरीले लागू औषध सहित कैलालीको टीकापुर र कञ्चनपुरको कृष्णपुरबाट २ जनालाई पक्राउ गरेको छ ।



मंगलबार इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको छ । टीकापुर नगरपालिका– ९ खक्रौलाबाट २१० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित बर्दियाको गेरुवा गाउँपालिका– २ का २२ वर्षीय अमित थारू र २४ वर्षीय किशोर गिरी पक्राउ परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
त्यस्तै मंगलबार साँझ लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको संयुक्त प्रहरी टोलीले कृष्णपुर नगरपालिका – ८ मजगाँउबाट सोही ठाउँका ३० वर्षीय अनिल रानालाई पक्राउ गरेको छ ।
उनको साथबाट १२० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।