भारतको केरलामा पहिरो, कम्तीमा ९३ जनाको मृत्यु

भारतमा भारी मनसुनी वर्षाले पहिरो जाँदा कम्तीमा ९३ जनाको मृत्यु भएको छ। कम्तीमा २५० जनाको उद्धार गरेको अधिकारीले बताएका छन्।

केरलाको दक्षिणी तटीय राज्य मुसलधारे वर्षाले त्रसित भएको छ। वायनाड जिल्लाको प्रकोप क्षेत्रमा जाने बाटो अवरुद्ध भएकाले राहत कार्यमा कठिनाइ भएको छ। ‘हालसम्म ९३ शव फेला परेका छन्। यो हाम्रो राज्यले देखेको सबैभन्दा खराब प्राकृतिक प्रकोप हो’, केरलाका मुख्यमन्त्री पिनाराई विजयनले भने।

Dadeldhura hospital

जिल्लाका धेरैजसो बासिन्दा सुतिरहेका बेला बिहानैदेखि लगातार दुईवटा पहिरोले जिल्लाका धेरैजसो सम्पदा प्रभावित भएका छन्। नेसनल डिजास्टर रेस्पोन्स फोर्सले प्रकाशित गरेका तस्विरमा उद्धार टोलीहरू बाँचेकाको खोजी गर्न र स्ट्रेचरमा शव बाहिर लैजान हिलोमा हिँड्दै गरेको देखाइएको छ।

भारतीय सेनाले राज्य सुरक्षा बलहरू र अग्निनियन्त्रकहरूलाई खोजी र उद्धार कार्यमा सहयोग गर्न यस क्षेत्रमा दुई सयभन्दा बढी सैनिक तैनाथ गरेको बताएको छ।

केरला राज्य मन्त्री एम।बी। राजेशले हालसम्म दुई सय ५० भन्दा बढी व्यक्तिको उद्धार गरिएको बताउनुभएको द हिन्दू पत्रिकाले जनाएको छ।

घटनामा घाइते पीडित परिवारले दुई लाख रुपैयाँ क्षतिपूर्ति पाउने प्रधानमन्त्री कार्यलायले बताएको छ। केरलामा मंगलबार थप वर्षा र तीव्र हावाको पूर्वानुमान गरिएको राज्यको प्रकोप व्यवस्थापन एजेन्सीले जनाएको छ। थाहा  खबर बाट

Loading...