गोदावरी नगरपालिकामा फोहोर व्यवस्थापन सम्बन्धी तालिमका सहभागीलाई प्रमाणपत्र वितरण

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा युएसएआईडीको तयार नेपाल र साझेदारी संस्था ब्लु वेस्ट टु भ्यालुको सहयोगमा गोदावरी नगरपालिकाका १७ जनालाई फोहोर व्यवस्थापन सम्बन्धी तालिम संचालन पश्चात आज एक कार्यक्रमका विच प्रमाण पत्र वितरण गरेको छ । 

साथै पालिका र प्राईभेट संस्थाको सहयोगमा फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ र कम्पोस्ट मल बनाएको सामाग्री समेत हस्तान्तर गरेको छ ।

फोहोर मैलाको तथ्याङ्क संकलन, सचेतन कार्यक्रम, सरसफाई कार्यक्रम, कम्पोस्ट मल उत्पादन कार्यक्रम र प्लास्टिक जन्य बस्तु बाट हातले बनाउने बस्तु निर्माण सम्बन्धी तालिम प्रदान लगायतका कामहरु गोदावरी नगरपालिकाका गर्दै गरेको जानकारी ब्लु वेस्ट टु भ्यालुका जनरल म्यानेजर रोहित सार्कीले बताएका छन ।

गोदावरी नगरपालिका वडा न. १ को कार्यालयमा नै फोहोर बाट मल बनाउने केन्द्र स्थापना गरी काम अगाडि बढ्दै गरेको र राम्रो र मलिलो माटो उत्पादन हुँदै गरेको जानकारी दिएका छन । नगरपालिका र प्राईभेट सेक्टरको समन्वयमा बजारीकरण गर्न के कसरी गर्न सकिन्छ भने छलफल पश्चात बजारमा पनि ल्याउने बताएका छन ।

Dadeldhura hospital

गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टको सभापतित्वमा संचालित कार्यक्रममा नगरपालिकाकी उप प्रमुख शारदा देवी रोकाया, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट, बिभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, वडाका अध्यक्ष तथा प्रतिनिधि सँगै फोहोर व्यवस्थापन तालिमा सहभागीहरूको उपस्थितिमा फोहोरलाई घर दैलो बाटै कसरी व्यवस्थापन गर्न सकिन्छ र हाम्रो गोदावरी नगरपालिकालाई फोहोर मुक्तको बाटोमा कसरी लैजान सकिन्छ भन्ने जानकारी समेत साझेदारी संस्थाका प्रतिनिधिले राखेका छन ।

फोहरमैला व्यवस्थापन, स्थानीय तथा केन्द्रीय सरकारको लागि ठूलो चुनौतीको विषय बनेको छ । उचित तरिकाले फोहरमैला व्यवस्थापन गर्न नसक्नाले सहरी वातावरणमा ठूलो समस्या आएको देखिन्छ। सहरी वातावरणमा आएको फोहरमैला व्यवस्थापनको चुनौतिले गर्दा नदीनाला तथा स्वच्छ पानीका स्रोतहरुमा पनि फोहर थुप्रिन गई अस्तव्यस्त हुने क्रम बढ्दैछ । यसलाई समयमै सम्बोधन गर्न नसके भविष्यमा यो समस्याले अझै विकराल रुप धारण गर्ने निश्चित छ ।

यस सन्दर्भमा स्थानीय स्तरमै फोहरमैला व्यवस्थापन गर्न आवश्यक विभिन्न प्रकारका सीपहरुका बारेमा सरल तरिकाले जानकारी दिने अभिप्रायले यो जनचेतना सँगै घरदैलो अभियान थालेको जानकारी नगर प्रमुख भट्टले बताएका छन ।

सरोकारवालाहरुको सहभागीताका माध्यमद्धारा स्रोतमै फोहरको वर्गीकरण गर्दा पुनः प्रयोग तथा पुनः चक्रिय प्रयोगमा लैजान सकिने हुन्छ । कुहिने र नकुहिने फोहरलाई एकै ठाउँमा मिसाउनुको साँटो त्यसलाई छुट्‌याएर कुहिने फोहरबाट सजिलै कम्पोस्ट मल बनाउन सकिन्छ, जुन मलको प्रयोगले गर्दा माटोको उर्वराशक्ति पनि बढ्छ र पौष्टिक तत्व युक्त खाद्यान्न पनि आम नागरिकलाई उपलब्ध हुन्छ ।

यसबाहेक सजिलै गल्ने फोहरलाई घरेलु तथा सामुदायिक तहमै मल बनाउँदा ल्याण्डफिल साइटको क्षमता (आयु) बढ्ने हुन्छ । निकै कम फोहर मात्र ल्याण्डफिल साइटमा पुऱ्याए पुग्छ। जसले गर्दा ठूलो आर्थिक भार कम हुनगई उक्त रकम विकास निर्माणमा लगाउन सकिने हुन्छ । साथै स्वस्थकर वातावरणमा जिउन पाउने नागरिकको संवैधानिक अधिकारको पनि सुनिश्चिता कायम गर्न नगर प्रमुख भट्टले फोहोर ब्यावस्थापनका कर्मचारी तथा सहभागीलाई आग्रह गरेका छन ।
Loading...