


अत्तरिया- कैलालीमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् । भजनी नगरपालिका–८ का ४७ वर्षीय लल्लन जागालाई बर्दीयाको मधुबन नगरपालिका–४ ढोडरी बजारबाट पक्राउ गरिएको हो ।


उनलाई २०६१ जेष्ठ ३० गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरेको थियो । इलाका प्रहरी कार्यालय राजापुर बर्दीयाको प्रहरी टोली र इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

