कैलालीको जोशीपुरमा अजिङ्गर फेला

अत्तरिया- कैलालीको जोशीपुर गाउँपालिका –३ स्थित भितरियामा दुर्लभ अजिङ्गर फेला परेको छ । अजिङ्गरको उद्धार गरी हरियाली पार्वती सामुदायिक वनमा छोडिएको छ ।

Dadeldhura hospital

उद्धार गरिएको अजिङ्गर छ फिट लामो छ । सवडिभिजन वन कार्यालय भजनीको सहयोगमा अजीङ्गरको उद्धार गरिएको स्थानीय राहुल बुढाले जानकारी दिए।

हरियाली पार्वती सामुदायिक वनको ब्लक नम्बर ए (सिसौं नर्सरी क्षेत्र) अजीङ्गरको प्राकृतिक बासस्थान क्षेत्र रहेका कारण सो क्षेत्रमा जाँदा सतर्कता अपनाउन आम उपभोक्तालाई आग्रह गरिएको छ ।

Loading...