अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ बाट भन्सार छलीको चिनी बरामद गरिएको छ ।



आइतबार राती अस्थाई प्रहरी पोस्ट चौकिडाँडाबाट खटिएको प्रहरी टोलीले ७ कठ्ठा भन्सार छलीको चिनी बरामद गरेको हो ।
गोदावरी ३ मालाखेती चोक स्थीत दक्षीण कटान जाने बाटोमा उत्त चिनी बेवारिसे अवस्थामा बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । बरामद गरिएको चिनी आवश्यक कारवाहीको लागी त्रिनगर भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।