कञ्नपुरमा जताततै जुवा खेल्ने र खेलाउने पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा जुवा खेल्ने र खेलाउने समुह जताजतै फेला पर्न थालेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक वर्षको अवधिमा जुवा खेल्ने र खेलाउने गरेर एक सय ८८ जनालाई जुवाखालबाटै पक्राउ गरेको छ।

Dadeldhura hospital

ती जुवाडेबाट झण्डै १३ लाख रुपैयाँ समेत जफत गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीका अनुसार एक वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानबाट १ सय ८८ जुवाडे पक्राउ परेका छन्।

Navadurga sun
Godawari sandesh

उनीहरुको साथबाट १२ लाख ९६ हजार ३९७ रुपैयाँ बरामद गरिएको उनले बताए। १८ जना विरुद्ध मुद्दा चलाइएको प्रहरीले जनाएको छ। जुवातास खेल्ने खेलाउने कार्यलाई कानुनले अपराधमा राखेको छ।

Loading...