धनगढी- कैलालीको धनगढीमा थप दुई जनामा हैजा पुष्टि भएकाे छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार थप हैजा पुष्टि भएकामा दुई बालक रहेका छन्। उनीहरू दुवैकाे घरमै उपचार भइरहेकाे छ ।




जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख आशुताेष श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टाेलका ६ र ८ वर्षका दुई बालकमा हैजा पुष्टि भएकाे हाे ।


थप ४ जनाकाे रिपाेर्ट आउन बाँकी रहेकाे पनि उनले बताए । आइतबार पनि त्यस टोलमा परीक्षणका लागि दिसा संकलन भइरहेकाे प्रमुख श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्य कार्यालयका अनुसार यसअघि पनि पशुपति टाेलका २३ र २६ वर्षीय दुई युवकमा हैजा पुष्टि भएकाे थियाे । स्वास्थ्य कार्यालयले यसका बारेमा माथिल्ला निकायमा जानकारी गराइसकेकाे बताउँदै सतर्कता अपनाउनु पर्ने अवस्था रहेकाे जनाएकाे छ ।

