अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा न. ३ का नेपाली कांग्रेस का लोकतान्त्रिक नेता तारा पार्कीको मृत्यु पश्चात क्रिया खर्चको स्वरुप युवा नेता कार्यकर्ता सहित नेपाली काँग्रेस नगर कार्यसमिति द्वारा आर्थिक सहयोग गरेका छन ।



नेपाली काँग्रेस गोदावरी नगर कार्यसमितिले पार्कीको परिवारलाई आर्थिक सहयोग स्वरुप १० हजार सहयोग गरेको जानकारी काँग्रेस गोदावरी नगर कार्यसमितिका सचिव योगेश भट्टले जानकारी दिए ।



गोदावरी नगर सभापति बिर बहादुर चोख्याल, महाधिवेशन प्रतिनिधि धुर्ब भट्टराई, नेपाली काँग्रेस क्षेत्र नं. ४ का क्षेत्रिय सचिव जयराज फुलारा, नेपाल तरुण दलका केन्द्रिय सदस्य तेज खड्का, तरुण दलकै गोदावरी नगर कार्यसमितिका सभापति रमेश भट्टराई, गोदावरी –३ का उपसभापति वेद प्रकाश पाण्डेय लगायतको उपस्थितिमा मृतक पार्कीको परिवारलाई नगद हस्तान्तरण गरेका हुन ।
सहयोग रकम पाएपछि मृतकका परिवारका सदस्यले राहत महसुस गरेका छन् । उनले रकम त थोरै भए पनि पीडाका बेला मलम लगाउन उक्त रकम हस्तान्तरण गरेको र आगामी दिनमा पनि आर्थिक सहयोग गर्दै जाने बताएका छन ।
यस पालिकामा जीवन प्रयत्न राजनीतिमा लागि परेकाहरूलाई मर्दा पर्दा रित्तो हात जानुपर्ने सबैको नियति हुने भएकाले सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्दै जाने जानकारी समेत सचिव फुलाराले बताएका छन ।

