निर्मला पन्त हत्याको ६ वर्ष, अझै पत्ता लागेन दोषी

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ६ वर्ष पूरा भएको छ ।

उनी २०७५ साउन १० गते साथीको घरबाट बेपत्ता भएकि थिइन् । बेपत्ता भएको भोलिपल्ट निर्मलाको शव घरभन्दा एक किलोमिटर टाढा उखुबारीमा फेला परेको थियो ।

udhok dadeldhura

निर्मलाको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्ट समेत आयो, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले घटनाको करिब एक महिनापछि स्थानीय दिलीपसिंह विष्टलाई अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो ।

स्थानीयले विष्ट दोषी नभएको भन्दै आन्दोलन गरेका थिए । भेजाइनल स्वाबमा भेटिएको डीएनएसँग ‘म्याच’ नभएपछि विष्ट छुटे ।

यसरि अहिलेसम्म प्रहरीले एक सयभन्दा धेरै व्यक्तिको डिएनए संकलन गरी प्रयोगशालामा जाँच गराइसकेको छ भने एक दर्जन व्यक्तिलाई हिरासतमा लिएर पनि अनुसन्धान गरिसकेको छ । तर, अहिलेसम्म दोषी भने पत्ता लाग्न सकेको छैन । यस सम्बन्धमा अहिले पनि सूक्ष्म ढंगले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Loading...