निर्मला पन्त हत्याको ६ वर्ष, अझै पत्ता लागेन दोषी

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ६ वर्ष पूरा भएको छ ।

उनी २०७५ साउन १० गते साथीको घरबाट बेपत्ता भएकि थिइन् । बेपत्ता भएको भोलिपल्ट निर्मलाको शव घरभन्दा एक किलोमिटर टाढा उखुबारीमा फेला परेको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

निर्मलाको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्ट समेत आयो, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले घटनाको करिब एक महिनापछि स्थानीय दिलीपसिंह विष्टलाई अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो ।

स्थानीयले विष्ट दोषी नभएको भन्दै आन्दोलन गरेका थिए । भेजाइनल स्वाबमा भेटिएको डीएनएसँग ‘म्याच’ नभएपछि विष्ट छुटे ।

यसरि अहिलेसम्म प्रहरीले एक सयभन्दा धेरै व्यक्तिको डिएनए संकलन गरी प्रयोगशालामा जाँच गराइसकेको छ भने एक दर्जन व्यक्तिलाई हिरासतमा लिएर पनि अनुसन्धान गरिसकेको छ । तर, अहिलेसम्म दोषी भने पत्ता लाग्न सकेको छैन । यस सम्बन्धमा अहिले पनि सूक्ष्म ढंगले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Loading...