अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–८ स्याउले स्थित खुटिया नदीको पुलबाट हाम फाल्दा स्थानीय ५५ वर्षीय जोक्कर बहादुर गुरुङको मृत्यु भएको छ ।
पुलबाट हाम फालेर गम्भीर घाइते भएका गुरुङको सेती सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
सोमबार राती साढे ११ बजे हाम फालेको जनाएको छ । उनलाई डाक्टरले राती साढे १२ बजे मृत घोषणा गरेका थिए । घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।