Division ban Pahalmanpur

एसईई मौका परीक्षा साउन २३ गते देखि हुने

Sostya office Dadeldhura
Purbadhar dadeldhura

माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३ देखि ३१ गते सम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले परीक्षा तालिका भने सोमबार सार्वजनिक गर्ने बताएको छ ।

Malpot office jogbudha

यस अघि दुई विषयमा एनजी (नन ग्रेडेड) आएका विद्यार्थीलाई साउन १८ र १९ गते मौका परीक्षा गर्ने निर्णय गरेको थियो ।

तर, शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै एनजी आएका सबै विद्यार्थीलाई मौका परीक्षा दिन पाउने व्यवस्था गरेको थियो । त्यसपछि बोर्डले अर्को मिति तय गरेको हो ।

गत बिहीबार २०८० सालको एसईईको नतिजा सार्वजनिक गरिएको थियो । जसमा ५२ प्रतिशत भन्दा बढी विद्यार्थीको नतिजा एनजी आएको थियो ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...