



अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ धनगढी रोड बाट भन्सार छलीका सामान बेवारिसे अवस्थामा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले बिहीबार अन्दाजी ३४ हजार २ सय रुपैयाँ बराबरका सामान बरामद गरेको हो ।


भन्सार छली ल्याई बेवारिसे अवस्थामा छोडेका बरामद गरिएका कुर्ति, सुट र समेतका कपडाहरू आवश्यक कारबाहीको लागी कैलाली भन्सार कार्यालय धनगढीमा बुझाइएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।





