Division ban Pahalmanpur

सुदूरपश्चिमका पहाडी र हिमाली जिल्लामा ठूलो मात्रामा पाइने राडीपाखी पाइनै छोड्यो 

Sostya office Dadeldhura
Purbadhar dadeldhura

बाजुरा– सुदूरपश्चिमका पहाडी र हिमाली जिल्लामा ठूलो मात्रामा पाइने भेडाको ऊनबाट बन्ने राडी, पाखी, लिउँ, कम्मल, कोट, इस्टकोट, स्वेटर र बाख्राको ऊनबाट बन्ने फेर्या पाइन छोडेको छ । भेडा पालन घट्नु र बाख्रा पालन गर्नेले आधुनिक रौँ नहुने जातका बाख्रा पालन गर्नाले ऊनी कपडा उत्पादन ओरालो लागेको हो ।

घरमा सुत्ने बेला ओढ्ने राडी काम्लो बिछ्याउने दन, लिउ फेर्या, लगाउने कोट, इस्टकोटहरू अहिले गाउँमा पाइँदैन । बाहिरबाट आएका पाहुना आउँदा बस्ने कपडा र जाँदा चिनोका लागि दिने कपडा अहिले हराएको छ ।

‘काम्लो छैन कुम्ला ओढ्नलाई वर्षादी देउप, वर्ष आयो आति रुज्यो त्याईभित्र छप्काई लेउप ।’ (मैले काम्लो बोकेको छैन, पानीले भिजियो, तपाईंको प्लास्टिकभित्र ओत लाग्न दिनुस् न) । यी माथिका भनाइ सदरमुकाम मार्तडी आउने बाटोमा एउटा बटुवाले पानीले निथ्रुक्क भिजे पछि आफ्नो आग्रह प्लास्टिक ओढेर ओत लागेको अर्को मित्रलाई पोखेका हुन् । हिमाली गाउँपालिका– १, गुम्बाका बलसिंह कुँवरले पानी पर्दा ओढ्ने ऊनी कपडाको काम्लो (ऊनको कम्बल) आफूले नबोकेर भिजेको र आफूलाई प्लास्टिक ओढ्न दिन अनुरोध गरेका हुन् ।

Malpot office jogbudha

कुँवरले भने, ‘घरमा छाता र वर्षादी भेटिएन, भेडाको ऊनको काम्लो पनि पुरानो थियो । पानी पर्दैन कि भनेर हिँडेको यहाँ त पानीले भिजायो । बाटोमा हुम्लाको ताँजाका एक जना भेटिए । उनले ओढेको वर्षादीले सामान भिज्नबाट जोगाइयो । हामी पहिले गाउँमा जाडो हुँदा र पानी पर्दा, भेडाको ऊनको कम्बलको खोचो बनाएर ओढ्ने गरेका थियौँ । अहिले त्यो पाउन गाह्रो छ ।’ हिमाली गाउँपालिका–६ का नन्दबहादुर भण्डारीले भने, ‘गाउँमा भेडाबाख्रा पाल्न छोडे, गाउँमा कसैकसैका घरमा मात्र बख्राल (बाख्राको ऊन), पाट्नी उनन (भेडाको ऊन) का कपडा बुन्छन् । अहिले बजारका काम्मा र ओढ्ने किनेर प्रयोग गर्छन् ।

अब कहाँ पाउनु काम्ला, राडी र फेर्या । हामीले सम्झँदा गाउँमा सबैका घरमा तान लगाएर हिउँदभरि राडी फेर्या बुन्थे । अहिले त्यस्तो छैन ।’ भण्डारीले थपे, ‘ऊनका कपडा पथि (स्वास्थ्यलाई लाभदायक) हुन्थे, अब बजारका सामान आउन लागे । महिना दिन लगाएर बुनेका कपडा कहाँ पाउनु । सबै अल्छी भए आफ्नो चीज केही पाइँदैनन् ।

खानेदेखि हड ढाक्ने टाला सबै बाहिरकै आउँछन् ।’ स्वामीकार्तिक खापर गाउँपालिका–५ का वीरेन्द्र शाहीले भने, ‘केही वर्षअगाडि गाउँमा दुई/तीन हजार भेडाबाख्रा पाल्ने गरेका थिए । अहिले मुस्किलले गाउँमा चार/पाँच सय भेडाबाख्रा छन् । एकै घरबाट पन्ध्र/बीस राडी फेरुवा, काम्ला र लिउँ निस्कन्थे तर अहिले मुस्किलले गाउँभरि खोज्यो भने त्यति निकाल्न सकिन्छ ।’ शाहीले भने, ‘भेडाबाख्रा घटेपछि ऊन घट्यो । ऊन घटेपछि त्यसका कपडा कहाँबाट पाइनु ? औषधि गर्नलाई पनि ऊन पाइदैन आजभोलि । हामी पुराना ऊनी कपडा लाउनेलाई त बजारका कपडा लाए जस्तै लाग्दैन ।’

सामुदायिक बिउ बैंक, खाद्य उपभोक्ता कृषि सहकारी संस्थाका अध्यक्ष टेकेन्द्र सिंहले भने, ‘हामीले बाजुराबाट मार्सी धानको चामल, यहाँको चिनो कागुनो, सिमी बजारसम्म पुर्याउने गरेका छौँ । हाम्रा उपभोक्ताले पनि ऊनका कपडाहरूको खोजी गर्छन् । तर के गर्नु, पहिलेजसरी पाउनै मुस्किल छ। ऊनको कपडाको बजारमा माग धेरै छ ।

यहाँ उत्पादन ओरालो लागेको अवस्थामा छ ।’ हुम्ला ताँजाकोट गाउँपालिकाकी– ३, की मनसार रोकायाले भनिन्, ‘हामीले जाडोमा ओढ्ने भेडाको ऊनबाट बनेको काम्लो पाइन छोडेको छ । गाउँमा कसैकसैले मात्र ओढ्ने गरेका छन् । गाउँमा बाहिरबाट आएका सलहरू नै ओड्छन् । चिसो महिनामा धेरै तातो हुने काम्लोको खोचोले पानी पनि छेक्ने र चिसो पनि कम हुन्थ्यो ।’

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...