Division ban Pahalmanpur

धनगढीबाट लागूऔषध सहित ३ जना पक्राउ

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office jogbudha

धनगढी- धनगढीको जोख्खर तालबाट ३ जना लागूऔषध सहित ३ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–७ जोख्खर तालमा धनगढी उपमहानगरपालिका–१६ का २६ वर्षीय किरण जोशीले चलाएको मोटरसाइकल चेकजाँच गर्दा उक्त मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका–१६ का ३१ वर्षीय अकिंत चौधरी र धनगढी उपमहानगरपालिका–६ बस्ने २६ वर्षीय रामभजन राना पक्राउ परेका छन्।

तीनै जनालाई २०० मिलिग्राम लागूऔषध र मोटरसाइकल थान–१ सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ३ जना मध्येबाट रामभजन राना जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा १ लाख ४९ हजार ३७५ जरिवाना तोकिइ फरार रहेको फरार प्रतिबादि समेत खुलेको छ । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...