कञ्चनपुरमा चरेस सहित एक जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा चरेस सहित एक जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका-१८ सालघारी स्थित सोही ठाउँ बस्ने ४१ वर्षीय गणेश पाण्डे पक्राउ परेका हुन् । 

पाण्डेको पाण्डे किराना तथा नास्ता पसलमा चेक जाँच गर्दा ११.८७ ग्राम लागूऔषध चरेस र डिजिटल काटा फेला पारी उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

Loading...