अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा न. ४ को गोदावरी नदीमा रहेको सुदूरपश्चिमकै चर्चित धार्मिक तीर्थ स्थल गोदावरी धामको समीपमा रहेको गोदावरी आर्यघाटमा पानीको समस्या हुँदै गर्दा वैकल्पिक ब्यवस्था अनुरूप बोरिङबाट पानी निकाली अन्तिम संस्कार गर्दै गरेको छ । गोदावरी नगरपालिकाले १ महिना अगाडि देखि बोरिङबाट पानी निकाल्दै आएको र महिना दिन नबित्दै मोटर बिग्रिएकोले पालिकाले पुनः नयाँ मोटर जडान गरी पानी सुचारु गरेको छ ।
हिउँदको सुख्खा मौसममा खोलामा पानी सुक्दा लाशलाई अन्तेस्टी गर्न समेत समस्या देखिएको छ । अन्तिम संस्कार गरिदै आएको गोदावरी आर्यघाट क्षेत्रमा चैत महिनापछि पानी सुकेको हो । नदीमा पानी नभएकाले आर्यघाटमा दाहसंस्कारमा समस्या हुने गरेको छ ।

अन्तिम संस्कार गर्न पनि पानीको अभाव भएको बताउँदै वडा न ४ का वडा अध्यक्ष हेम प्रकाश मल्लले भने, “नदीमा पानी छैन् । पहिलेका वर्षहरूमा यस्तो समस्या थिएन । यो वर्ष चैत सुरु भएदेखि नदीमा पानी छैन । माथितिर सानो पानी भएपनि यो ठाउँमा छैन । अब हामीले यस क्षेत्रमा समस्याको समाधानका लागि अत्तरिया खानेपानीले निर्माण गरेको बोरिङ बाट पानी निकाली यसै क्षेत्रमा पहिले निर्माण गरिएको दाहसंस्कार गृहमा नै पाइपको पानीबाट सरसफाइ गर्ने ब्यवस्था मिलाएका छौ, केही दिन अवरुद्ध पछि आज देखि पुनः पानी आउने क्रम जारी रहेको बताएका छन ।
नगरपालिकाको वडा नं. ४ का वडाध्यक्ष हेम प्रकाश मल्लले खडेरीका कारण नदीमा पानी नहुँदा लास पोल्नलाई समस्या हुन थालेपछि वैकल्पिक रुपमा पानीको व्यवस्थापन गरिएको बताए । उनले पानीको बोरिङ्ग पहिले नै हालेको र बिग्रिएको अवस्थाको उक्त बोरिङ्ग लाई यसपटक पुनः मर्मत गरेर सञ्चालनमा ल्याइएको बताए ।
‘गत वर्ष तार चोरिएको थियो, त्यसलाई अन्डरग्राउण्ड गर्यौ’ उनले भने ‘त्यसपछि यसवर्ष नयाँ पाइप ल्याएर धाराहरू जोडेर पानी सुचारु गरेका हौ ।’ उनले बिचमा नगरपालिकाले पानी सुचारु गरेको भएपनि एक महिना नचल्दै पुनः बिग्रिएको बताए । ‘विद्युत लाइनको भोल्टेजका कारण मोटर जलेर एक महिना नपुग्दै बिग्रियो, जसका कारण दुई हप्ता ग्याप बस्नुपर्ने भयो’ उनले भने ‘यता मोटर भेटिएन र काठमाण्डौ बाट मोटर मगायौ, सानो ट्रान्समिटरले काम नगर्दा अस्ती मात्रै विद्युतले ठुलो ट्रान्समिटर राखेपछि हामीले हिजोबाट काम सुरु गरेर आजबाट पानी सञ्चालनमा ल्याएका छौ ।’
