कैलालीमा लागूऔषध सहित ३ जना पक्राउ

Dadeldhura hospital

धनगढी- कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-२ राम जानकी मन्दिर नजिकबाट सोही ठाउँ बस्ने १९ वर्षीय रमेश चौधरी र घोडाघोडी नगरपालिका-१ बस्ने २५ वर्षीय बिकास चौधरी ८० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित पक्राउ परेका हुन् ।

यस्तै टीकापुर नगरपालिका-१ रिगल चोकबाट सोही ठाउँ बस्ने २१ वर्षीय बिपिन साउद ३३० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित पक्राउ परेका हुन् । तीनै जनालाई आइतबार लागूऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...