Division ban Pahalmanpur

गोदावरी– ५  ले गर्यो ७५ लाख १० हजारको बजेट सार्वजनिक

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ ले आगामी आर्थिक वर्षका लागि ७५ लाख १० हजारको बजेट सार्वजनिक गरेको छ । बुधबार वडा भेला मार्फत वडा कार्यालयले बजेट सार्वजनिक गरेको हो ।

३७ लाख ५६ हजार रुपैयाँ पूर्वाधारका क्षेत्रमा, १६ लाख ५२ हजार सामाजिक विकास तर्फ, ११ लाख २६ हजार आर्थिक क्षेत्रमा, यस्तै सुशासन तथा अन्य क्षेत्रमा ६ लाख ७६ हजार र वन तथा वातावरणमा ३ लाख रुपैयाँ बजेट विनियोजन  गरिएको वडा अध्यक्ष शुद्धिराम चौधरीले बताएका छन् ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...