कञ्चनपुरमा सार्वजनिक सम्पत्ति हिनामिनाका फरार दोषी पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा सार्वजनिक सम्पत्ति हिनामिनाका फरार दोषी पक्राउ परेका छन् । सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको मुद्दामा ३ वर्ष कैद सजाय र ११ लाख ६९ हजार, ०४२ जरिवाना ठहर भई फरार रहेका बेदकोट नगरपालिका–३ दैजीका ४८ वर्षीय दिपेन्द्र प्रसाद पनेरूलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरी पक्राउ गरेका आवश्यक कारबाहीको लागि जिल्ला जिल्ला कारागार कञ्चनपुर चलान गरिएको छ ।

दिपेन्द्रलाइ बबरमहल काठमाण्डौँले  २०८०/९/२५ गतेको फैसलाले सार्वजनिक सम्पत्ति हिनामिनामा दोषी ठहर गरेको थियो ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...