कैलालीबाट लागूऔषध र चेक अनादर मुद्दाका फरार दोषी पक्राउ

धनगढी- कैलालीबाट लागूऔषध र चेक अनादर मुद्दाका फरार दोषी पक्राउ परेका छन् । लागूऔषध मुद्दामा १० हजार जरिवाना ठहर भएका जानकी गाउँपालिका–३ बस्ने २७ वर्षीय राजेश शाह र चेक अनादर मुद्दामा ६ हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–४ बस्ने ४७ वर्षीय भरत खाती पक्राउ परेका हुन् ।

यी दुबै जनालाई बुधवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

Loading...