घोडाघोडीमा चरा गणना तथा अनुसन्धान हुँदै

अत्तरिया- नेपालको पहिलो चरा आरक्ष कैलाली स्थित घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा गर्मी याममा चरा गणना तथा अनुसन्धानको कार्य थालिएको छ ।गर्मी सिजनमा चराको सङ्ख्या, प्रजाति, अवस्था लगायत पत्ता लगाउने उद्देश्यले चरा गणना तथा अनुसन्धानको कार्य थालिएको हो । प्रदेश सरकारको कार्यक्रम अन्तर्गत डिभिजन वन कार्यालय पहलमानपुर मार्फत चरा गणना तथा अनुसन्धानको कार्य थालिएको छ । यसको व्यवस्थापन नेपाल पन्क्षी संरक्षण सङ्घ (बीसीएन) ले गरेको छ ।

घोडाघोडी चरा अभय आरण्य क्षेत्रको सबै क्षेत्रमा चरा गणना तथा अनुसन्धानको कार्य गरिने चराविद् हिरुलाल डङ्गौराले बताए । उनले एक हप्तासम्म गणना तथा अनुसन्धानको कार्य हुने उल्लेख गरे। चरा गणनाको लागि विज्ञ सहित पाँच जनाको टोली परिचालन भएको छ ।

Navadurga sun

 घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा ३८० प्रजातिका चरा पाइने गरेका छन् । जसमध्ये ११ प्रजाति विश्वमै दुर्लभ रहेको जनाइएको छ । यसैगरी, ७४ प्रजातिका जलपक्षी पाइने गरेका छन्। चरा तथा चराको वासस्थानको संरक्षण गर्ने उद्देश्यका साथ प्रदेश सरकारले दुई वर्ष अगाडि घोडाघोडी क्षेत्रलाई नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र (वर्ड सेन्चुरी) घोषणा गरेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...