कैलालीको अत्तरिया बजारमा अनुगमन

अत्तरिया- कैलालीको अत्तरिया बजारमा अनुगमन गरिएको छ । गोदावरी नगरपालिकाको वडा नम्बर १ स्थित अत्तरिया बजारमा अनुगमन गरिएको हो । 

बजारमा पसल दर्ता र नविकरण गरिएको नगरिएको बारेमा अनुगमन गरिएको नगरपालिकाको राजश्व शाखा प्रमुख खगेन्द्र चौधरीले बताएका छन । नगरपालिकाले सोमबार देखि अत्तरिया बजारमा अनुगमन सुरु गरेको थियो । 

अनुगमनका क्रममा अधिकांस पसलहरु वडामा दर्ता नभएको पाइएको राजश्व शाखा प्रमुख चौधरीले बताएका छन । दर्ता नभएकाहरूको विवरण लिएर आगामी दिनमा के कसरी अगाडि बढ्ने भन्ने बारेमा निर्णय गरिने वडा नम्बर १ का वडा सदस्य गम्भिर साउँदले बताए ।

Loading...