कैलालीबाट फरार २ जना प्रतिवादी पक्राउ

धनगढी- कैलालीबाट वन र कुटपिट मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ परेका छन् । वन मुद्दामा ५६ हजार ७० जरिवाना ठहर भएका भजनी नगरपालिका–३ बस्ने ३२ वर्षीय देब बहादुर बुढा र कुटपिट मुद्दामा १ हजार ५५० जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–१२ बस्ने ७० वर्षीय गोरख बहादुर सिंह पक्राउ परेका छन् ।

अदालतको फैसलाले जरिवाना ठहर गरेपछि दुबै जना फरार रहेका थिए । फरार रहेका दुबै जनालाई आइतवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

Loading...