Division ban Pahalmanpur

सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले गर्यो ४ करोड बढी राजश्व स‌ङ्कलन

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा ४ करोड १६ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको साउन देखि वैशाख मसान्त सम्म को अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरेको हो । सो अवधिमा प्रदेशभरि ट्राफिक नियम उल्लङ्घन गर्ने ६२ हजार ९ सय ३१ जना सवारी चालकलाई कारबाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक अनिल कुमार उप्रेतीले जानकारी दिए ।

Malpot office jogbudha

त्यस्तै सो अवधिमा भएका २ सय ६० वटा सवारी दुर्घटनाबाट १ सय १५ पुरुष, २० महिला र १० बालबालिका गरी १ सय ४५ जनाको मृत्यु भएको तथा ४ सय ५५ जना घाइते भएको उनले जानकारी दिए । उनका अनुसार सो अवधिमा १ सय ७५ मोटरसाइकल, ४४ जिप, कार, ३२ ट्रयाक्टर, १८ बस, १८ साइकल, रिक्सा , १६ टेम्पो, १४ ट्रक, ट्याङ्कर, सात टिपर, सात माइक्रो, तीन वटा डोजर र चार अन्य गरी ३ सय ३८ वटा सवारी दुर्घटनामा परेका हुन् ।

गत आर्थिक वर्ष २०७९/०८० मा ट्राफिक नियम उल्लङ्घन गर्ने १ लाख १२ हजार ६ सय ५५ सवारीसाधन कारबाहीमा परेको र सो कारबाही बाट ६ करोड ४३ लाख ७२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । सोही वर्ष २ सय ५५ सवारी दुर्घटनाबाट १ सय ७७ जनाको मृत्यु, १ सय ९७ जना गम्भीर घाइते र २ सय ७६ जना सामान्य घाइते भएको निमित्त कार्यालय प्रमुख उप्रेतीले जानकारी दिए ।

चालक सँग एक मिनेट, यात्रुसँग दुई मिनेट लगायतका जनचेतनामूलक कार्यक्रम गर्दै आए पनि सवारी दुर्घटना नघटेको उनको भनाइ छ । उनले भने, ‘ठूला सार्वजनिक सवारी दुर्घटनामा त कमी आएको छ, ज्यान गुमाउनेको सङ्ख्या पनि घट्दै गएको छ, साना तथा व्यक्तिगत सवारी दुर्घटना बढेका छन ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...