कञ्चनपुरमा सशस्त्र प्रहरीले समात्यो ३६१ बोरा अबैध गहुँ

कञ्चनपुर- सशस्त्र प्रहरीले कञ्चनपुरमा ३ सय ६१ बोरा अवैध गहुँ नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले गहुँ सँगै ठूलो परिणाममा भन्सार छलीको सामान नियन्त्रणमा लिएको हो । जिल्लाको बेलडाँडी गाउँपालिका–३ वनपुर्वा बाट ७ लाख २८ हजार बराबरको अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । ३६१ बोरा गहुँ, एक सय जोर स्कुल ड्रेस जुत्ता, कन्भर्स सुज ६४ जोर, फेसन सुज १४ जोर, सेल्फी सुज १० जोर, चप्पल ८ जोर नियन्त्रणमा लिएको सशस्त्र प्रहरी ३५ नम्बर गण झलारीका प्रमुख एसपी खगेन्द्र चन्दले बताए ।

उनले बरामद गरिएका सामान भन्सार कार्यालय पठाइएको बताए । सामान ढुवानीमा संलग्न भने फरार छन् । त्यस्तै कञ्चनपुर प्रहरीले बैशाख ११ र १२ गते दुई थान ट्याक्टर सहित झण्डै १६ लाख मूल्यको अवैध सामान आफ्नो नियन्त्रणमा लिएको थियो । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले टोलीले बेलौरी नगरपालिका–८ बाट १४ लाख ६२ हजार मूल्यको भन्सार छलीको सामान बरामद गरेको थियो ।

Navadurga sun

दुई थान ट्याक्टर, एक थान साइकल, गहुँ, डिउ, चिनी, सुट, कुर्ती, लेडिज टि–सर्ट, धोती, मिश्री, तेल, प्याज, बिडी, सुर्ती, बिस्कुट, जिरा, गम्छा लगायतका अवैध सामान प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालय पठाएको छ । प्रहरीले अवैध सामान आयातमा संलग्न व्यक्तिलाई भने नियन्त्रणमा लिन सकेको छैन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...