धनगढी- कैलालीको धनगढीका ३ जना लागूऔषध सहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-१७ पथरीका २७ वर्षीय बिनोद चौधरी २७० मिलिग्राम लागूऔषध सहित पक्राउ परेका हुन् ।
यस्तै धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँका २५ वर्षीय उमेश राना र १९ वर्षीय रुस्तम राना ५० मिलिग्राम लागूऔषध सहित पक्राउ परेका हुन् । बुधवार तीनै लाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।